Sunday, July 21, 2013

के पीउँथीस् तँ मदीरा,गुलाब भएपछी|

6 March 2013 at 14:33
म एक्लीएँ आफ्नै बानी,खराब भएपछी|
पानी पीउने मात्रामा,शराब भएपछी|

पीएको बेला मैले,भँवरालाई भनेछु
के पीउँथीस् तँ मदीरा,गुलाब भएपछी|

भट्टीहरुको मसंग,दुश्मनी बढ्दैछ
खातामा धेरैनै बाँकी,हीसाब भएपछी|

सुध्रीन्छ बिष्णे पक्कै,सुध्रीन्छ एकदीन
कसै-कसैको गतीलो,सुझाब भएपछी|